My Slides

Friday, October 1, 2021

के हो सिक्किमीकरण भनेकाे ?

 


सामाजिक सञ्जालमा नेपाललाई सिक्कीमीकरण गर्न लागियो भन्ने चर्को बिरोध भइरहेको छ । राजनीतिक दल वा त्यसका आधिकारिक शिर्ष नेताहरुले कतै बिरोध नजनाए पनि फेसबुकमा विभिन्न तर्क वितर्क र टिप्पणीहरु आइरहेका छन् । उनीहरुले राष्ट्रियताको हवाला दिएर सरकारको खरो आलोचना गरिरहेका छन् ।

वास्तवमा सिक्किमीकरण भनेको के हाे ? के साँच्चै नेपाल सिक्किमीकरण हुन लागेकै हो त के हो ? एक स्वतन्तन्त्र राज्य सिक्किम कसरी भारतको एक प्रान्तमा विलय भएको थियो ?

के हो सिक्किमीकरण ?

खासमा एउटा स्वतन्त्र देश सिक्किमलाई भारतले विभिन्न राजनीतिक टिकडम गरेर आफ्नो देशमा विलय गराएको घटनामा आधारित भएर नेपालमा सिक्किमीकरण भन्ने शब्दावली प्रयोग गरिन्छ । नेपाललाई पनि भारतमा विलय गराउने दाबी गर्दै यसलाई सिक्किमीकरणको मोडल भन्ने गरिएको छ । सिक्किमीकरणको मोडलमा हालै मात्र रुसले युक्रेनको स्वाधिन प्रदेशकोरुपमा रहेको क्रिमियालाई आफ्नो देशमा गाभेको थियो । यो घटनापछि अहिलेको समयमा पनि सिक्किमीकरण सम्भव छ भन्ने पुष्टी भएको छ ।

कसरी भएको थियो सिक्किमीकरण

सिक्किम नेपालसँग सीमाना जोडिएको थोरै जनसंख्या भएको सानो र सुन्दर, स्वतन्त्र देश थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने विस्तारवादी सिद्धान्त अनुसार स्वतन्त्र देशमाथि धावा बोलियो तर राजनीतिक रुपमा । भारतले छिमेकी साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो । गोहा, सिक्किम, फिजी, भूटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहाँ भएका प्राकृतिक श्रोत साधन दोहन गर्ने दिर्घकालीन योजना अनुसार सिक्किम गाभिएको कतिपयको बुझाइ छ । भारतले योजनाबद्ध ढंगबाट सिक्किमीको संसदबाट नागरिकता सम्बन्धी खुकुलो विधेयक पास गराउन सफल भयो ।

आप्रवासीलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरा स्थापित गराएपछि त्यस्तो नागरिकता पाएकाहरुले सिक्किममा विभिन्न आन्दोलन गरेर संसदमा पुगे । सिक्किमको संसदमा ३२ जना मध्ये ३१ जना भारतका मान्छे थिए भने १ जना स्वतन्त्र सिक्किमका पक्षधर । भारतको डिजाइन अनुसार जवर्जस्ती जनमत संग्रह गराएर त्यसलाई संसदबाट अनुमोदन गराइयो र भारतको एजेण्ट लेन्डुप दोर्जेलाई प्रान्तको मुख्य मन्त्री घोषणा गरियो ।

सिक्किम अशान्त भएको लगायतका बहानामा ५ हजार भारतीय शसस्त्र सेना त्यहाँ भित्रियो । स्वतन्त्र सिक्किमको माग गर्नेहरुलाई दवाइयो भने सिक्किमी सेना समेत ठूलो संख्यामा मारिए । अशान्त सिक्किमको बहानामा भारतीय नियन्त्रण बढाउँदै संसदबाट पारित भएको विधेयक र नक्कली जनमत संग्रहको आधारमा नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो ।

Source : Fair Nepal

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender