My Slides

Saturday, December 4, 2021

नेपाली युवाका लागि १० सुझाव


नेपाली युवाका लागि १० सुझाव
१. ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस् । कम्प्युटरमा पनि कमसेकम वर्ड, एक्सल, पावरपोइन्ट, सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरुभन्दा एक तह अगाडि हुनुहुन्छ । 

२. बिहानको कलेज छ भने ब्याचलर्स पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा इन्टर्नसिप गर्नुहोस् । विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरुको खोजी गर्नुहोस् । स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरीको अवसर खोजी गर्न सक्नुहुन्छ । 

३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ । त्यसैले ट्रोलका पेजभन्दा संघसंस्था, कम्पनी र जानकारीमूलक पेजहरु लाइक गर्ने बानी गर्नुहोस् जसले गर्दा तपाईंले सामाजिक सञ्जाल चलाउँदा पनि अवसरहरूबारे जानकारी पाउन सक्नुहुन्छ । फेसबुकदेखि टिकटकसम्म सबैमा यस्ता अवसरबारे जानकारी दिने अकाउन्टहरू छन्, विवेकशील भएर खोजी गर्नुहोस् । 

४. फुर्सदमा हुँदा अनलाईन कोर्सहरू गर्नुहोस् । अहिले धेरै साइटहरूले निशुल्क अनलाईन कक्षाहरू सञ्चालन गरिरहेका छन् । 

५. राम्रो डिभिजन ल्याउन सकिँदैन भनेर धेरैले पूर्ण रुपमा अध्ययनलाई ध्यान दिने गरेका छन् । तपाईंले विशिष्ट श्रेणीमै मास्टर्स डिग्री पास गर्नुभयो तर कामको अनुभव छैन भने रोजगारीको बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ । मास्टर्स गरेपछि इन्टर्नसिप गर्न न समयले दिन्छ न त जिम्मेवारीले नै । त्यसैले ब्याचलर्सदेखि नै इन्टर्नसिप गर्नुभयो भने बिस्तारै अनुभव बढ्दै जान्छ र मास्टर्स सक्दासम्म तपाईंमा अनुभव र योग्यता दुबै हुन्छ । जसले गर्दा प्रतिस्पर्धामा अब्बल हुने धेरै सम्भावना रहन्छ । 

६. तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने पनि केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्दा सिकाइ राम्रो हुन्छ । त्यस्तो अनुभवले तपाईंलाई सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ । 

७. तपाईं अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनुहुन्छ भने पनि धेरै विश्वविद्यालय र कुटनीतिक नियोगले छात्रावृति दिइरहेका हुन्छन् । राम्रो नम्बर ल्याएको र सम्बन्धित क्षेत्रको अनुभव बटुलेको विद्यार्थीले सजिलै त्यस्तो छात्रावृति पाउँछन् । निशुल्क अन्तर्राष्ट्रिय अध्ययन गर्न पाइने त्यस्ता अवसरहरूको खोजी गरेर पहिलेदेखि नै आफूलाई तयार राख्दा तपाईंको सपना साकार हुने उच्च सम्भावना रहन्छ । 

८. प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि आफ्नो करियरलाई सँगसँगै लानुहोस् । अध्ययनमा ध्यान दिनुहोस् । प्रेम र विवाहलाई मात्र केन्द्रमा राखेर नहेर्नुहोस् । आत्मनिर्भर भएपछि मात्र विवाहको बारेमा सोच्नुहोस् । जिन्दगी चलचित्र जस्तो हुँदैन । जहाँ चलचित्र सकिन्छ जिन्दगीको असली युद्ध त्यहिँबाट सुरु हुन्छ । सुखी र खुसी जीवनका लागि आर्थिक पाटो पनि बलियो हुनुपर्छ, मायाले मात्र जिन्दगी चल्दैन । दुबै पक्षलाई सन्तुलित बनाउनुहोस् । 

९. कमाउँदै गर्दा रमाउन नबिर्सनुहोस् । आत्मनिर्भर भएर आफ्नै कमाइले सन्सारलाई नियाल्नुको मज्जा बेग्लै हुन्छ । विशेषगरी छोरीहरू आत्मनिर्भर भएर केही समय आफ्ना रहरहरू पुरा गर्न र संसार घुम्नका लागि छुट्यानुहोस् । विवाहपछि यस्त अवसर कम पाइन सकिन्छ । सन्सार फराकिलो छ र जिन्दगी अनिश्चित छ । 

१०. कसैको सुझावमा चल्नेभन्दा पनि आफ्नो मनलाई सुन्नुहोस् । सपना देख्नुहोस् र त्यहाँसम्म पुग्ने बाटोको नक्सा कोर्नुहोस् । कहाँ जाने भन्ने कुरा यकिन नभएसम्म कहाँ आइपुगेँ भन्ने कुरा पनि थाहा हुँदैन । दयालू र असल बन्नुहोस् । मैले दिएको सुझाव मन परे सेयर गर्नुहोस्, चित्त नबुझे वेवास्ता गर्नुहोस् तर यो कुरा गलत हो भनेर अनावश्यक विवाद गर्न नआउनुहोस् । 

साभार : सामाजिक संजाल

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender