My Slides

Monday, October 9, 2023

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

 के हो इजरायल–प्यालेस्टाइन युद्ध?

मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो। यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन। राष्ट्रसंघमा यो ‘नन–मेम्बर अब्जर्भर स्टेट’ अर्थात्, सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको मान्यता छ। देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो। 

देशको मान्यता नभए के हो त प्यालेस्टाइन? किन इजरायल र प्यालेस्टाइनबीच बारम्बार युद्ध भड्किइरहन्छ?

Sunday, October 8, 2023

नेपालको भौगोलिक प्रदेश सम्बन्धी जानकारी

 नेपालको भौगोलिक प्रदेशहरु 


तराई प्रदेश 

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

Thursday, June 22, 2023

शरीरलाई किन चाहिन्छ फाइबर ?

स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।

Friday, June 9, 2023

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने साना वनस्पतिहरु

 

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ ।शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ । अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ । यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ ।

Tuesday, June 6, 2023

मानिसको शरीरले कति गर्मि सहन सक्छ ?

 


जब तातोले केबलको तार तथा बाटोको अलकत्रा पनि पग्लिन सक्छ भने यस्तो स्थितिमा मान्छेको शरीरले यतिधेरै गर्मी कसरी सहन सक्छ ? यो प्रश्न पनि उठ्छ कि हाम्रो शरीरले बाहिरको तापक्रम कतिसम्म सहन सक्छ ? गर्मी होस् वा जाडो, हाम्रो शरीरभित्रको प्रणालीले सधैं ३७. डिग्री सेल्सियसमा शरीरको तापक्रम कायम राख्न काम गर्छ

Sunday, June 4, 2023

अमेरिकामा एकै महिनामा एआईका कारण ४००० बेरोजगार, जागिर गुमाउनेमा पत्रकार पनि

 

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण एक महिनामै ४ हजार जना बेरोजगार भएका छन् । एक अध्ययनका अनुसार अमेरिकाका विभिन्न कम्पनीहरूले यही मे महिनामा मात्रै विभिन्न पदमा रहेका ४ हजारजनालाई बर्खास्त गरेका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender