My Slides

Wednesday, December 13, 2023

खाली आँखाले नै सयौँ उल्का खसेको रमाइलो दृश्य देखिने

 

आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने 'जेमिनिड्स उल्कावर्षा' बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।

यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ।

नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।

Monday, December 11, 2023

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार

प्राडा.  इन्द्रमान ताम्राकार इलेक्ट्रिकल इन्जिनिरिङ्गका प्राज्ञ एवं शिक्षाविद हुन्  संपुल्चोक क्याम्पसमा ४० वर्ष भन्दा वढी प्राध्यापन गराइसकेका डा.  ताम्राकार अन्तरराष्ट्रिय शोधव्यक्ति पनि हुन् अहिले उनी काठमाडौं इन्जिनियरिङ कलेजइलेक्ट्रिकल इन्जिनियरिङ्ग विभागका सल्लाहकार हुन् नेपालको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षायसको भविष्य  चुनौतीवारे उनीसँग हाम्रा प्रतिनिधिले लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ।

Tuesday, October 10, 2023

गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल ?

गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल ?

इजरायली लडाकू विमानको आक्रमणले जलिरहेको गाजापट्टीको प्यालेस्टाइनको १४ तले ‘अश-शुरक’ भवनबाट उडिरहेको धुवाँको मुस्लो। तस्वीर स्रोत: अलि जदल्लाह/अनाडोलु एजेन्सी

बेलायती साम्राज्यले उपनिवेशकालमै खेलेको दोहोरो भूमिकासँगै रोपिएको कलहको बिउमा दोस्रो विश्वयुद्धपछि रुस र अमेरिकाले मलजल गर्दा इजरायल-प्यालेस्टाइनका जनता एक शताब्दीदेखि युद्धको विभीषिकामा बाच्न विवश छन्।

सधैं तनावग्रस्त रहने उक्त क्षेत्र युद्धमा फसेको यो पहिलो पटक भने होइन। आखिर किन यो क्षेत्र सधैं युद्ध वा तनावको अवस्थामा हुन्छ त? इतिहास कोट्याउनुअघि त्यो भूगोलबारे संक्षिप्त चर्चा गरौं।

Monday, October 9, 2023

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

 के हो इजरायल–प्यालेस्टाइन युद्ध?

मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो। यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन। राष्ट्रसंघमा यो ‘नन–मेम्बर अब्जर्भर स्टेट’ अर्थात्, सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको मान्यता छ। देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो। 

देशको मान्यता नभए के हो त प्यालेस्टाइन? किन इजरायल र प्यालेस्टाइनबीच बारम्बार युद्ध भड्किइरहन्छ?

Sunday, October 8, 2023

नेपालको भौगोलिक प्रदेश सम्बन्धी जानकारी

 नेपालको भौगोलिक प्रदेशहरु 


तराई प्रदेश 

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

Thursday, June 22, 2023

शरीरलाई किन चाहिन्छ फाइबर ?

स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender