आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने 'जेमिनिड्स उल्कावर्षा' बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।
यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ।
नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।


.jpeg)
