My Slides

Wednesday, May 19, 2021

अक्सिजन कसरी बन्छ?

 अक्सिजन कसरी बन्छ?

नव वर्षको सुरूवात सँगै नयाँ भेरियन्टको कोबिड – १९ ले विश्वभरि माहामारीको रूपमा पछिल्लो समय देखिएका संक्रमितमा अक्सिजन कम भएपछि कृत्रिम अक्सिजन माग ह्‍वात्तै बढेको छ। प्रत्येक बिधार्थीहरु विद्यालय जीवनदेखि मानव जीवनका लागि प्रयोग हुने कृत्रिमा अक्सिजनबारेमा सुन्दै आएका छन्। तर, यो कसरी बन्छ त भन्‍ने आम मानिसलाई जिज्ञासा पनि हुन सक्छ यसको बारेमा बिभिन्न माध्यमबाट खोज गरी जानकारी गराउन प्रयास गरेका छौं।

अक्सिजन बनाउने प्रक्रियाः

हावामा मुख्य गरी अक्सिजन, नाइट्रोजन, कार्बनडाइअक्साइड र आर्गन हुन्छन् त्यो अक्सिजनका लागि चाहिने मुख्य तत्त्व हो।
अक्सिजनलाई पृथ्वीको वातावरणबाट निस्कासन गरिन्छ।


पृथ्वीको वातावरणमा ७८% नाइट्रोजन, २१% अक्सिजन, १% आर्गन अनि अरू बाकिं ग्याँसहरू रहेका हुन्छन्। सर्वप्रथम हावालाई फिल्टरबाट प्रशोधन गर्दा हावामा भएको धुलो(dirt) र पराग(pollen) हटाइन्छ।

त्यसपछि बाँकी रहेको ग्यासलाई धेरै चाप दिएर कम्प्रेसर भन्ने मेसिनबाट हावालाई शुद्धिकरण गरिन्छ । मेसिनले हावालाई तानेर चाप बढाएर लाने गर्छ र त्यसको तापक्रम बढ्छ । तापक्रम बढेपछि पुनः तापक्रम घटाइन्छ र कम चापमा प्रेसर दिइन्छ ।

४० किलो ग्राम पर सेन्टीमेटर स्क्वायरको प्रेसरमा बिल्ड अप गरेपछि यसलाई चिस्याएर लगिन्छ । चिस्याएपछि हावामा भएका कणहरु जम्मा हुन्छ । जम्मा भएको कणलाई राखी पानी फ्याकिन्छ त्यसलाई म्वयस्चर भन्छौ । म्वयस्चर फ्रि हावा भित्र जान्छ । त्यसमा एलुक्टोभिटेड र एलोमिना भन्ने कार्बन हुन्छ । यो दुई वटाको फिल्टरबाट हावा पास हुन्छ ।

ग्यासलाई कम्प्रेसरबाट हावाको तत्त्वहरू सोसिन्छ । त्यहाँबाट धुलो निस्कन्छ छानिएर र शुद्ध हावा भित्र जान्छ । शुद्ब हावामा भएको मुख्य तत्त्वहरू अक्सिजन र नाइट्रोजन बन्छ । नाइट्रोजन ७९ र २१ प्रतिशत अक्सिजन हुन्छ । यो दुई वटालाई छुट्टयाउने प्रक्रियामा लगीन्छ ।

तरल पदार्थलाई -१८५ सेन्टिग्रेटमा लगेर कोल्ड बक्समा राखी अक्सिजनलाई परिणत गरिन्छ । त्यसपछि हावामा भएको तरल अक्सिजनमा परिवर्तन भएर भाँडामा थापिन्छ । तर, नाइट्रोजन तरलमा परिणत नभएकाले उडेर जान्छ ।

तरल अक्सिजनलाई लिक्वीड अक्सिजन पनी भनिन्छ । पम्प गरेपछि लिक्वीड अक्सिजन बाहिर निस्कन्छ । यो तापमा भएर आउछ त्यो अक्सिजन सिलिण्डरमा भर्ने गरिन्छ । समग्रमा हावालाई प्रशोधन गरेर अक्सिजन बनाइन्छ । यसमा कुनै पनि कच्चा पदार्थ मिसाइदैन । यसका लागि हावा नै कच्चा पदार्थ हो ।

यसै प्रकियाबाट मानव जिवनको लागि अति आवश्यक अक्सिजन ग्यास बनाउने गर्दछ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender