My Slides

Saturday, July 9, 2022

'नाइरोबी फ्लाइ' को जोखिम, कति घातक ?

 

देशका विभिन्न स्थानमा 'नाइरोबी फ्लाइ' अर्थात् एसिड फ्लाइका संक्रमित देखिन थालेका छन्। हालसम्म झापा, कञ्चनपुरलगायतका स्थानमा 'नाइरोबी फ्लाई' का एक सय भन्दा बढिमा संक्रमण देखिएको छ

चिकित्सकहरूकाअनुसार नाइरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो। यो किरा धेरै वर्षा हुने स्थानमा देखिँदै आएको विज्ञहरू औंल्याउँछन्।

नाइरोबी फ्लाई रोभ विटल प्रजाती अन्तर्गत् पर्ने किरा हो। यसको खास नाम पाइडेरस एक्सीमस वा पेडेरस साबेअस हो। यो किराको पुच्छरमा विष हुन्छ।

छाला रोग विशेषज्ञ डा. सिभेन्द्र झाले यो किरा अफ्रिकन कन्ट्रीबाट भारत हुँदै नेपाल आएको र अधिकांश किराहरू बढ्ने मौसम वर्षायाम नै रहेकाले पनि सतर्क रहन आग्रह गरे। उनले भने, 'टोकेको ठाउँमा पाप्राहरु जमेको जस्तो देखिन सक्छ। यो किराले एसिड छोडेको ठाउँमा छाला रातो हुने, पोल्ने, रातो रातो विवीराहरु आउन थाल्छ। शरीरको जुन-जुन भागमा किराहरु हिँडेको हुन्छ सो स्थानमा यस्तो समस्या देखिन्छ।'

डा.झाले साधारणतया यो किराले एसिड छोडिहाले हाले चिलाउने कम गर्ने औषधि लगाउनुपर्ने सुझाव दिए। उनले भने, 'एलर्जी भएर शरिरलाई असर गरे अस्पतालमा भर्ना गर्ने हुनसक्छ। लक्षणअनुसार उपचार पद्यती अपनाउन सकिन्छ।'

चिकित्सकहरूकाअनुसार यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ। यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ र आफैं निको भएर जान्छ।

यो हेर्दा कमिला जस्तो देखिन्छ। यसले टोक्ने र डस्ने भने गर्दैन। नाइरोबी फ्लाई पूर्वी अफ्रिकाको मूल निवासी पेडेरस जीनसमा रोभ बीटलका दुई प्रजातिहरूको साझा नाम हो। यसको शरीरमा एउटा रसायन पाइने र यसको सम्पर्कमा आउँदा जलन हुने गर्छ। यसैकारण यसलाई ड्रागन बग पनि भन्ने गरिएको चिकित्सकहरू बताउँछन्।

यो किरा हाम्रो छालाको सम्पर्कमा आएपछि छाला चिलाउने, छाला पोल्ने र फोका उठ्ने, एसिड लागेको जस्ता लक्षणहरू देखापर्छ। साधारणतया यो झरीको समयमा देखापर्छ। बत्ति बलेको समयमा रातको समयमा शरीरमा बस्न सक्छ। यदि छालामा यो किरा बस्यो भने उडाउनुपर्छ, माड्नुहुँदैन।

वयस्क बिटलहरू मुख्यतया कालो र रातो रंगमा हुन्छन्। लम्बाइमा ६ देखि १० मिलिमिटर र चौडाइमा ०.५ देखि १ मिलीमिटर हुन्छन्। तिनीहरूको टाउको, तल्लो पेट र एलिट्रा कालो हुन्छ, छाती र माथिल्लो पेट रातो हुन्छ।

कसरी बच्ने ?

–अध्याँरो हुनुअघि झ्याल र ढोका बन्द गर्ने

–सुत्दा झुलको प्रयोग गर्ने

–शरीर ढाक्ने गरी कपडा लगाउने

–बत्ती भएको ठाउँमा राती नहिँड्ने (बत्तिले किरालाई तान्छ)

–छालामा किरा घस्रीरहेको देखे नमाड्ने त्यसको सट्टा उडाउने

–सुत्नुअघि ओछ्यान वरपर सफा गर्ने

–घर र वरपर सरसफाई गर्ने

–किरा बसेपछि छालामा असर देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्था जाने

साभार : Annapurna Post

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender