My Slides

Thursday, July 10, 2025

विद्यार्थीको मनोबल गिराउने कक्षाकोठाको ‘रुखो वचन’

 

  • शिक्षकहरूले कक्षामा विद्यार्थीलाई अपमानजनक शब्दहरू प्रयोग गर्दा उनीहरूको आत्मविश्वास कमजोर हुन्छ र दीर्घकालीन मनोवैज्ञानिक असर पर्छ।
  • डा. उत्कर्ष कार्कीले यस्ता आलोचनाले विद्यार्थीमा मनोवैज्ञानिक आघात र शारीरिक समस्या निम्त्याउन सक्ने बताए।
  • शिक्षकहरूले संवेदनशीलता अपनाएर सकारात्मक र रचनात्मक प्रतिक्रिया दिनुपर्ने र सबै विद्यार्थीलाई समान ध्यान दिनुपर्ने सुझाव दिइएको छ।

‘कस्तो लद्दु ! यति पनि नजान्ने के गरेर खान्छस् ? तैँले पढेर खाँदैनस् !’

Monday, April 28, 2025

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?


 निद्रा त्यति नै जरुरत छ, जति पोषिलो खाना र शुद्ध पानीको छ । किन मान्छेलाई निद्रा लाग्छ ? निदाउनु किन जरुरी छ ? यी रहस्यहरू जान्नका लागि अर्को महत्वपूर्ण प्रश्न जरुरी छ, ‘हाम्रो शरीरमा त्यस्तो के हुन्छ जब हामी मस्त निदाउँछौं ?’

निद्रा किन लाग्छ ?

निद्राको पनि चरण हुन्छ । यसलाई मूख्यतः दुई भागमा विभाजन गरिन्छ । पहिलो हो, र्‍यापिड आइ मुभमेन्ट । दोस्रो, ननर्‍यापिड आइ मुभमेन्ट । यसबाहेक पनि तीन वटा चरण छन्, जसलाई एन– १, एन–२ र एन–३ भनिन्छ ।

Saturday, March 22, 2025

के बालबालिका मोबाइलको लतमा छन् ? छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

 

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।

      समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् ।

Wednesday, May 22, 2024

मोबाइलको विकिरण के हो ? स्वास्थ्यका लागि कति खतरनाक छ ?

 

अहिले स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर मोबाइल र इन्टरनेट बिना बाँच्न गाह्रो छ ।

स्मार्टफोनका धेरै फाइदाहरू छन् तर यसको धेरै बेफाइदाहरू पनि छन् । मोबाइलको सबैभन्दा ठूलो समस्या भनेको विकिरण हो ।

Tuesday, May 21, 2024

दिमागमा चिप राख्न चाहने मान्छे खोज्दै एलन मस्क

 

पहिलो चरणमा सफलतापूर्वक चिप प्रत्यारोपण गरिसकेपछि न्युरालिङ्कले चिप लगाउन चाहने दोस्रो व्यक्तिको खोजी सुरु गरेको छ । शुक्रबार सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै न्युरालिङ्कका मालिक एलन मस्कले दोस्रो सहभागीका लागि आवेदन खुलाएको जानकारी दिएका हुन् । 

“दोस्रो सहभागीका लागि न्युरालिङ्क आवेदन स्वीकार गरिरहेको छ,” एक्समा पोस्ट राख्दै मस्कले भनेका छन्, “यो हाम्रो टेलिप्याथी साइबरनेटिक ब्रेन इम्प्लान्टले तपाईंलाई सोचेकै भरमा फोन र कम्प्युटर नियन्त्रण गर्न सघाउँछ ।”

Tuesday, January 23, 2024

सामाजिक सञ्जाल सम्बन्धी गुनासो छ ?

सामाजिक सञ्जाल सम्बन्धी कुनै गुनासो भए तलको लिंकमा क्लिक गरि गुनासो दर्ता गर्नुहोस्  👇

https://mocit.gov.np/socialplatformcomplaint?fbclid=IwAR2yvgijrUSreK3gVsN1S8XS4lH9xl69BzluQxTWZAaqSKtTCuz4ojTp3Co

 

Wednesday, December 13, 2023

खाली आँखाले नै सयौँ उल्का खसेको रमाइलो दृश्य देखिने

 

आकाशमा विभिन्न रङ्गको चलायमान उज्यालो देखिने गरी हुने 'जेमिनिड्स उल्कावर्षा' बिहीवार र शुक्रवार राति उत्कर्षमा पुग्न लागेको छ।

यो रोचक खगोलीय घटना खाली आँखाले नै हेर्न सकिन्छ। उल्का खसेको दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ।

नेपालसहित संसारका सबै भागमा अनुकूल मौसम र सफा आकाश भएको स्थानबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का देख्न सकिन्छ।

Monday, December 11, 2023

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार

प्राडा.  इन्द्रमान ताम्राकार इलेक्ट्रिकल इन्जिनिरिङ्गका प्राज्ञ एवं शिक्षाविद हुन्  संपुल्चोक क्याम्पसमा ४० वर्ष भन्दा वढी प्राध्यापन गराइसकेका डा.  ताम्राकार अन्तरराष्ट्रिय शोधव्यक्ति पनि हुन् अहिले उनी काठमाडौं इन्जिनियरिङ कलेजइलेक्ट्रिकल इन्जिनियरिङ्ग विभागका सल्लाहकार हुन् नेपालको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षायसको भविष्य  चुनौतीवारे उनीसँग हाम्रा प्रतिनिधिले लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ।

Tuesday, October 10, 2023

गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल ?

गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल ?

इजरायली लडाकू विमानको आक्रमणले जलिरहेको गाजापट्टीको प्यालेस्टाइनको १४ तले ‘अश-शुरक’ भवनबाट उडिरहेको धुवाँको मुस्लो। तस्वीर स्रोत: अलि जदल्लाह/अनाडोलु एजेन्सी

बेलायती साम्राज्यले उपनिवेशकालमै खेलेको दोहोरो भूमिकासँगै रोपिएको कलहको बिउमा दोस्रो विश्वयुद्धपछि रुस र अमेरिकाले मलजल गर्दा इजरायल-प्यालेस्टाइनका जनता एक शताब्दीदेखि युद्धको विभीषिकामा बाच्न विवश छन्।

सधैं तनावग्रस्त रहने उक्त क्षेत्र युद्धमा फसेको यो पहिलो पटक भने होइन। आखिर किन यो क्षेत्र सधैं युद्ध वा तनावको अवस्थामा हुन्छ त? इतिहास कोट्याउनुअघि त्यो भूगोलबारे संक्षिप्त चर्चा गरौं।

Monday, October 9, 2023

के हो इजरायल–प्यालेस्टाइन विवाद, किन भइरहन्छ पटक–पटक युद्ध?

 के हो इजरायल–प्यालेस्टाइन युद्ध?

मध्यपूर्वको बीचमा रहेको सानो मुलुक इजरायललाई एक शक्तिशाली राष्ट्रको रूपमा चिन्ने गर्छन्। पछिल्लो समय इजरायल नेपालीहरूको रोजगार गन्तव्य मुलुक बनेको छ। तर प्यालेस्टाइनबारे अझै धरैलाई त्यति जानकारी छैन। कतिपयलाई लाग्छ, यो एक देश हो। यदि त्यसो हो भने यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन। राष्ट्रसंघमा यो ‘नन–मेम्बर अब्जर्भर स्टेट’ अर्थात्, सदस्य नरहेको पर्यवेक्षक राष्ट्रको मान्यता छ। देशको पूर्ण मान्यता नभएकै कारण राष्ट्रसंघले मताधिकारसहितको सदस्य नबनाएको हो। 

देशको मान्यता नभए के हो त प्यालेस्टाइन? किन इजरायल र प्यालेस्टाइनबीच बारम्बार युद्ध भड्किइरहन्छ?

Sunday, October 8, 2023

नेपालको भौगोलिक प्रदेश सम्बन्धी जानकारी

 नेपालको भौगोलिक प्रदेशहरु 


तराई प्रदेश 

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भूभाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरीअवधिथारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

Thursday, June 22, 2023

शरीरलाई किन चाहिन्छ फाइबर ?

स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।

Friday, June 9, 2023

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने साना वनस्पतिहरु

 

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ ।शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ । अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ । यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ ।

Tuesday, June 6, 2023

मानिसको शरीरले कति गर्मि सहन सक्छ ?

 


जब तातोले केबलको तार तथा बाटोको अलकत्रा पनि पग्लिन सक्छ भने यस्तो स्थितिमा मान्छेको शरीरले यतिधेरै गर्मी कसरी सहन सक्छ ? यो प्रश्न पनि उठ्छ कि हाम्रो शरीरले बाहिरको तापक्रम कतिसम्म सहन सक्छ ? गर्मी होस् वा जाडो, हाम्रो शरीरभित्रको प्रणालीले सधैं ३७. डिग्री सेल्सियसमा शरीरको तापक्रम कायम राख्न काम गर्छ

Sunday, June 4, 2023

अमेरिकामा एकै महिनामा एआईका कारण ४००० बेरोजगार, जागिर गुमाउनेमा पत्रकार पनि

 

अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण एक महिनामै ४ हजार जना बेरोजगार भएका छन् । एक अध्ययनका अनुसार अमेरिकाका विभिन्न कम्पनीहरूले यही मे महिनामा मात्रै विभिन्न पदमा रहेका ४ हजारजनालाई बर्खास्त गरेका छन् ।

Saturday, June 3, 2023

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

 
तराई–मधेसका विद्यालयमा गर्मी बिदा

तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रि-मनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायु जन्य गतिविधि निष्क्रिय प्रायः बनिदिए पछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो । 

मध्य तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेपछि तातो हावा (लु) पनि चल्न थालेको छ, जसकारण दैनिक जनजीवन प्रभावित भएको छ । लु चल्न थालेपछि झापा, पर्सा, सप्तरी, रौतहट, सिराहा, बाँकेका कतिपय पालिकाले विद्यालयको पठनपाठन दुई दिनदेखि एक साता सम्मका लागि बन्द गरेका हुन् । 

Monday, May 22, 2023

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतलाई किन हटाइयो ?

 

विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रुइतको जीवनी हटाएसँगै केन्द्रको चौतर्फी आलोचना समेत भइरहेको छ। संभवत नेपालीहरुमध्ये विश्वमै सबै भन्दा चर्चित ब्यक्ति जसलाई विश्वका ठूला ठूला देशका राष्ट्रप्रमुखहरु भेट्न ललायित छन् तिनै डा. रुइतको जीवनीलाई माध्यमिक तहबाट हटाइनुलाई स्वयं विद्यालयका प्रधानाध्यापकहरुलाई निराष बनाएको छ।

जैविक विविधता क्षयीकरण नरोकिए मानव जीवन पनि रहन्न

 

जैविक विविधता स्वच्छ तथा सन्तुलित वातावरणको सूचक, रक्षक र परिपूरक हो । वातावरण बिग्रे जैविक विविधता असल रहन्न । जैविक विविधता बिग्रे वातावरण सन्तुलित रहन्न । सन्तुलित वातावरण भएन भने मानव जीवन स्वास्थ्य रहन सक्दैन । त्यसैले त वातावरण जोगाउनु जैविक विविधता जोगाउनु हो वा जैविक विविधता जोगाउनु वातावरण स्वच्छ, सफा र समृद्ध राख्नु हो ।

Tuesday, May 16, 2023

नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका

 


नेपालको राष्ट्रिय झण्डा बनाउने तरिका सिक्न तलको झण्डामा क्लिक गर्नुहोस् -

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender